अपडेट विमान दुर्घटना : ६८ जनाको शव भेटियो

अपडेट विमान दुर्घटना : ६८ जनाको शव भेटियो

काठमाडौं। पोखरामा आज भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ। बिहान भएको दुर्घटनामा खोजि तथा उद्दारमा संलग्नहरुले ६८ जनाको शव फेला पारेका हुन् ।

अझैं ४ जना यात्रुको अवस्‍था अज्ञात छ। दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको तथा अज्ञातहरुको खोजी र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।पोखरा विमानस्थलमा अवतरण गर्न नपाउँदै विमान दुर्घटना भएको हो। 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com