काठमाडौं । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।
उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।
उता प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् ।
पौडेलले २०७४ मा कांग्रेस नेता डा। गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो ।