घुससहित पक्राउ परेका वडा सदस्य दोषी ठहर

घुससहित पक्राउ परेका वडा सदस्य दोषी ठहर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका तत्कालीन वडा सदस्य वसन्त महर्जन भ्रष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। काठमाडौँ महानगरपालिका-१४ का वडा सदस्य महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com