मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु

मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु

चितवन । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।

बाप्र ०३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिए । केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com