७० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

७० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ ।

धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको उजुरीको आधारमा यादव र मिश्रलाई अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com