मतपेटिका सङ्कलनका लागि तयारी छौं : गृह मन्त्रालय

मतपेटिका सङ्कलनका लागि तयारी छौं : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले मतपेटिका सङ्कलनका लागि सबै तयारी भइसकेको बताएको छ ।

गृह सचिव विनोदप्रकाश सिंहले मतपेटी ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ अवस्थामा राखिएको जानकारी दिनुभयो ।

उहाँले सुरक्षा व्यवस्था कडा बनाएको भन्दै यातायात सहज नभएका स्थानमा हेलिकप्टरको प्रयोग गरेर भएपनि समयमै मतपेटी सङ्कलन गरिने बताउनुभयो ।

निर्वाचन आयोगले पनि आजै राति अबेरसम्म मतगणना सुरु गर्ने तयारी गरेको छ । आयोगले सहज यातायात भएको स्थानमा आजै मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com