विपीनको रिहाइका लागि प्रयासरत छौँ: परराष्ट्रमन्त्री

विपीनको रिहाइका लागि प्रयासरत छौँ: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपीनजोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन ।

आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले यस्तो बताएका हुन । उनले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको पनि बताएका छन ।

उनले भने, ‘इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु । ’

उनले दोस्रो युद्ध विराममा वीपिनको रिहाइ हुने पनि बताएका छन । त्यस अवसरमा विपीनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com