
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव जनमत संग्रह भएको पनि बताउनुभएको छ ।
नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उहाँले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताउनुभयो ।
‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उहाँले भन्नुभयो, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’