काँचो केरा खानु स्वास्थ्यका लागि कति फाईदा ?

काँचो केरा खानु स्वास्थ्यका लागि कति फाईदा ?
Google

काठमाडौं । हामी स्वस्थ रहन फलफूलको निक्कै ठूलो भूमिका रहेको हुन्छ ।

यस मध्ये एउटा फल हो केरा हामीले पाकेको केरा त धेरैले खाने गरेको छौँ तर काँचो केरा भने खासै कसैले पनि खाने गरेको भेटिदैन ।

जसरी हाम्रो स्वास्थ्यमा पाकेको केराले फाईदा पुरर्याउँछ त्यसै गरी काँचो केराको सेवनले नि फाईदा पुरर्याउँने गर्दछ । आज हामी तपाईहरुलाई काँचो केराले हाम्रो स्वास्थ्यमा कस्तो फाईदा पुरर्याउँछ त्यसको बारेमा बताउने छौं ।

जानीराख्नुस् काँचो केरा खानुका यस्ता छन् फाईदा

यसको सेवन गर्नाले मोटोपना घटाउनुका साथै धेरै फाइदा पनि गर्छ ।

– काँचो केराको प्रयोगले शरीरलाई स्वस्थ बनाउनुका साथै राम्रो उत्कृष्ट बनाउँछ ।

– काँचो केरामा पूरा मात्रामा पोटासियम हुने गरेको छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यस्तै यसले मानिसलाई दिनभरी सक्रिय बनाउँछ ।

– यसका साथै काँचो केरामा रहेको भिटामिन बी ६, भिटामिन सी, एण्टी-ओक्सीडेट्स पाउनुका साथै कोसिकाको पोषण समेत दिने गरेका छन्।

– क्यान्सर हुनबाट जोगाउँछ काँचो केरामा कयौँ यस्तो तत्व पाउँछ जसले शरिरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ। यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ।

– कब्जियत समस्या हटाउँछ यसको प्रयोगले हाम्रो शरीरमा जमेको विशाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्दछ। कब्जियतको समस्या भएमा मानिसलाई अनेकन रोग लग्ने गर्दछ।

– तौल घटाउँछ यसमा फाइबर भरपूर मात्रामा पाइने भएकाले यसको सेवनले मानिसमा हुने मोटोपनलाई घटाउँछ। शरीरमा जमेर बसेको फ्याटलाई हटाएर शरीरलाई सफा गरिदिन्छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com