एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ?
pc

एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ?

काठमाडौं, २३ भदौ

नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधिभसा नियमावलीको विषय पटक पटक उठाए ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले नियमावलीको नियम २१ को खण्ड ख र घ अकर्षित गरेको बताए ।

सभामुखले आकर्षित गर्न खोजेको नियमावलीको सो प्रावधानको खण्ड खमा सभामुखले पदअनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ ।

त्यस्तै खण्ड घ मा संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने, असिष्ट, अश्लिल, अपमानजनक शव्द वा सार्वजनिक नैतिकता प्रतिकूल वोल्न नहुने उल्लेख छ ।

यसअन्तर्गत अदालतमा बिचाराधीन विषय पनि पर्छ । सभामुखको जिकिर अनुसार एमालेका सांसदले आफ्नो आचरणमा प्रश्न उठाए भने अदालतमा बिचाराधीन विषयमा बोले ।

१४ जना सांसदलाई कारवाही गरेको विषयलाई सभामुखले सदर नगरेको भन्दै एमालेले अदालतमा रिट दायर गरेकाले संसदमा यो विषय बोल्न पाइदैन भन्ने सभामुखको जिकिर थियो ।

तर उनले यो क्रममा नियमावलीको नियम २१ को खमा भएको सभामुखको आचरणको विषय भने किन उठाए भन्ने विषयमा प्रश्न खडा भएको छ । एमालेका सांसदलहरुले सभामुखले निर्णय नगरेको विषयमा आलोचना गर्दै नारावाजी गरेपनि सभामुखले भने यसलाई आफ्नो आचरणविपरितको कामका रुपमा व्याख्या गरेका छन् ।

सभामुखले सांसदलाई कारवाही नगरेको विषयलाई आफ्नो आचरणसँग जोडेर थप विवादमा पर्ने काम गरेको र यसले उनी आचरणहीन हुँदै गएको पुष्टि हुने एमाले प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् । सभामुखको सचिवालयले भने अग्रिम तयारी गरेको यो विषय के आधारमा सदनमा प्रस्तुत गरे भन्ने विषयमा खुलाइसकेको छैन ।

Related Stories

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com