सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने महिला पक्राउ

सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने महिला पक्राउ

काठमाडौं। सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए।

श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ। मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी हुन्। बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन्।

यादवले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो।

यादवले श्रीमान प्रदीप कठायतबाट पनि आफू हिंसामा परेको तर राजनीतिक दवावका कारण मुद्दा दर्ता नगरिएको दावी गरेकी छन्। पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com