यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त (लाईभ अपडेट)

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त (लाईभ अपडेट)

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

विमान असन्तुलित भएर हल्लिंदै खस्यो - प्रत्यक्षदर्शी

काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो

‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खौंचमा दुर्घटा भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।

खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए।

बिहान पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।

उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।

यतिको विमान दुर्घटना भएको स्थलको  भिडियो ।

दुर्घटनास्थलमा भीडका कारण उद्धार र टेलिफोन सम्पर्कमा कठिनाइ

यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको पोखराको दुर्घटनामा उद्धार हेर्ने स्थानीयको बाक्लो भीडका कारण उद्धारमा कठिनाइ भएको छ ।

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

दुर्घटनाग्रस्त यतीको एटीआर ७२ विमानमा सवार यात्रुहरुको सूची

पोखरा विमान दुर्घटना : २६ जनाको शव संकलन

पोखरामा भएको विमानमा लागेको आगो नियन्त्रणमा आएको छ।२६ जनाको शव संकलन गरिएको छ र घाइतेहरुको उद्धार जारी छ ।

यस्तै अहिलेसम्म कोही पनि जीवित भेटिएका छैन

दुर्घटना भएको विमानमा ७२ जना सवार

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, बालुवाटारबाट फर्कियो हेलिकप्टर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

यतीले सार्वजनिक गर्‍यो जहाज दुर्घटनाको विवरण

अहिलेसम्म ६२ वटा शव निकालियो : नेपाली सेना

पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ ।

क्रेनले पनि निकाल्न सकेन खोंचमा रहेका शव

जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com