'इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ'

'इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ'

भक्तपुर । इन्जिनियरिङका प्राध्यापकहरुले इन्जिनियरिङ पढन विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनीहरुले इन्जिनियरिङ स्वदेशमै अन्तराष्टियस्तरको पढाई हुने बताए । 

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले नवआगन्तुक विद्यार्थीको स्वागतमा गरेको कार्यक्रममा प्राध्यापकहरुले नेपाल मै अन्तर्राष्टियरको पढाई हुने भएकोले इन्जिनियरिङ पढन विदने जान आवश्यक नभएको बताए । नेपालको इन्जिनियरिङको पढाई विदेशमा भन्दा कुनै हिसावले कम छैन, उनीहरुको एउटै भनाई थियो, नेपालकै इन्जिनियरिङ कलेजहरुले त्यही अनुसारको गुणस्तरीय पढाई गराउँंछन् ।

कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले नेकले पनि त्यही गुणस्तरको पढाई गराउँदै आएको चर्चा गरेका छन् । २२ वर्षदेखि आफूले पनि इन्जिनियरिङ पढाउँदै आएको भन्दै नेपालको इन्जिनियरिङको पढाई गुणस्तरीय भएको बताए । देशविदेशका विभिन्न इन्जिनियरिङका कलेजहरुसँग आफू प्रत्यक्ष अप्रत्यक्ष आफू जोडिएको भन्दै उनले नेपालको इन्जिनियरिङको पढाई बरु विदेशका विश्वविद्यालय भन्दा गुणस्तरीय पाइएको सुनाए । 

कार्यक्रमका कलेजका एसिष्टेन्ट प्रोफेसरहरु सचिन श्रेष्ठ, युवराज गिरीलगायतले झण्डै शतप्रतिशत प्राध्यापकहरु पूर्णकालिन रहेकोले झण्डै तीन दशकदेखि नेकले इन्जिनियरिङमा अव्वल नतिजा निकाल्न सफल भइरहेको चर्चा गरे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com