सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ११ वटा उजुरी

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ११ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशसहितविरुद्ध परेका उजुरी अध्ययनका लागि संसदीय समिति सदस्यलाई वितरण गरिएको छ । 

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूतविरुद्ध ११ वटा उजुरी परेको  जानकारी दिए । 

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू महेश शर्मा पौडेल, सारंगा सुवेदी, सुनिलकुमार पोखरेल, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल तथा पोर्चुगलका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको संसदीय सुनुवाइका क्रममा उजुरी आह्वान गरिएको थियो । 

सो आह्वानअनुसार उनीहरुविरुद्ध परेका ११वटा उजुरी अध्ययनका लागि बिहीबार समिति सदस्यहरुलाई वितरण गरिएको हो । साथै सदस्यहरुलाई प्रस्तावित न्यायाधीश र राजदूतको कार्ययोजना पनि अध्ययनका निम्ति वितरण गरिएको छ ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com