
काठमाडौं । स्वतन्त्रबाट मधेश प्रदेशसभामा निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार (आज) पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको छ ।
जसपाका १६ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा दुई जनाले प्रवेश गरेसँगै अब अब १८ जना हुनेछन् ।