हमासले बन्धक बनाएका १३ इजरायलीसहित २४ जना मुक्त

हमासले बन्धक बनाएका १३ इजरायलीसहित २४ जना मुक्त

इजराइल र हमासबीच भएको सम्झौता बमोजिम हमासले बन्धक बनाएकामध्ये हालसम्म २४ जनालाई रिहा गरेका छन् । उनीहरुलाई इजरायल फर्काइएको छ ।

रिहा हुनेमा १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनो रहेको मध्यस्तता गरिरहेको कतारले जनाएको छ । पहिलो चरणमा रिहा हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् ।

हमासको कब्जाबाट मुक्त हुनेमध्ये इजरायलका २, ४, ६ र ९ वर्षका चार जना बालबालिका र ८५ वर्षीया वृद्धा समेत रहेका छन् । इजरायल र हमास विद्रोही बीच चार दिने युद्ध विराम र बन्दी साटफेरको सम्झौता भएको हो ।

सम्झौता बमोजिम इजरायलले पनि जेलमा रहेका ३९ जना प्यालेस्टायनी कैदी रिहा गरेको छ । रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरहरु रहेका छन् । उनीहरुलाई वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गराइएको छ ।

सम्झौता बमोजिम चार दिने अस्थायी युद्ध विरामको अवधिमा ५० जना इजरायली बन्दकलाई हमासले रिहा गर्ने र १ सय ५० जना प्यालेस्टायनी कैदीलाई इजरायलले मुक्त गर्नुपर्नेछ ।

युद्धविरामको अविधिमा गाजामा मेडिकल सामग्रीको आपूर्तिका साथै इन्धन र खाद्यान्न बोकेका १ सय ३७ वटा लरी इजिप्टबाट प्रवेश गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com