
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने निश्चीत भएको छ। सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिसक्नुभएको छ भने अब थप दुई जना मन्त्री हुनेछन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।
उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ। रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ। अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । यसमा माओवादी केन्द्रको पनि दाबी गरिरहेको छ ।
रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिए पनि सरकारमा सहभागी हुने दलहरु बढेपछि एक राज्यमन्त्री घटेको छ ।