उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

काठमाडौं । न्याय परिषद् बैठकले आज (बुधबार) उच्च अदालतमा ३९ न्यायाधीशको नियुक्ति गरेको छ । परिषद्ले उच्च अदालतको रिक्त ४० न्यायाधीश पदमा २६ जिल्ला न्यायाधीश, चार जना कानुन सेवाका र नौजना कानुन व्यवसायी गरी ३९ जनालाई नियुक्त गरेको हो ।

उच्च अदालतमा अझै एक पद रिक्त छ । त्यसअघि आजै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्यायपरिषद्‌का सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ । यसैगरी आयोगले सर्वोच्च अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई रजिस्ट्रारमा बढुवा गरेको छ ।

सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद रिक्त थिए ।

Attachment
PDF
Naya परिषद २०८०।०९।१८ बैठक.pdf
Preview

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com