५ क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित

५ क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित

काठमाडौँ । स्ववियुको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भएका छन् । विभिन्न पाँच क्याम्पसमा नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्श क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति सञ्जीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com