अस्थायी आवास निर्माणको लागि ५० हजार एकै पटक दिनुपर्छ : काँग्रेस

अस्थायी आवास निर्माणको लागि ५० हजार एकै पटक दिनुपर्छ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले पार्टीका मन्त्रीहरूबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरू गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएको उनले सुनाए । सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग काँग्रेसले माग गरेको उनले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com