इरान बम विष्फोट हुँदा ९५ जनाको मृत्यु, सय भन्दा बढी घाइते

इरान बम विष्फोट हुँदा ९५ जनाको मृत्यु, सय भन्दा बढी घाइते

इरानी जनरल कासिम सुलेमानीको चौथो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका मानिसहरुका बीच दुई बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु भएको छ ।

सुलेमानीको अमेरिकाले सन् २०२० मा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । सुलेमानीको चिहान नजिकै भएको विष्फोटमा ठूलो मानवीय क्षति भएको हो । केरमान सहरको साहेब अल-जमान मस्जिद नजिकैको जुलुसमा विस्फोट भएको थियो ।

घटनामा सय भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर आतंकवादीले विष्फोट गराएको आशंका गरिएको छ ।

घटनास्थलको अवस्था भयावह देखिनुका साथै एम्बुलेन्सहरु दौडिरहेको दृश्य सार्वजनिक भएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आतंकवादी आक्रमणलाई कठोर जवाफ दिइने प्रतिवद्धता जनाउनु भएको छ । यो घटनालाई ४२ वर्षमा इरानमा भएको सबैभन्दा घातक आक्रमणका रुपमा हेरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com