प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध मुद्दा दर्ता

प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ । सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार मुद्दा दर्ता भएको हो ।

कार्तिक १६ गते उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाँचौँ दिन सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा मुद्दा दर्ता भएको हो ।

चौधरीविरुद्ध मुलुकी अपराधिकसंहिता २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यद्यपि उनीविरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com