काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
सरकार कुन ढंगले अगाडि बढछ भन्ने अवस्थालाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो ।
शुक्रवार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राख्नुभयो ।
नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रश्ताव नआएको पनि स्पष्ट पार्नुभयो । उहाँले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताउनु भयो ।
अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया शुरु गर्ने बताउनु भयो । अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उहाँले बताउनु भयो ।