काँग्रेस, एमाले र माओवादीका कार्यकर्ता नभएकै कारण रेशममाथि झुटा मुद्दा लगाइयोः रञ्जिता श्रेष्ठ

काँग्रेस, एमाले र माओवादीका कार्यकर्ता नभएकै कारण रेशममाथि झुटा मुद्दा लगाइयोः रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले काँग्रेस, एमाले र माओवादी जस्ता ठूला दलका कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको बतउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रेशम चौधरीलाई निर्दोष थारुहरुलाई झुटो मुद्दामा कारागारमा थुन्न नमिल्ने बताउनु भयो । उहाँले थारु भएकै कारण रेशम चौधरी लगायतका थारुहरुलाई मुद्दा लगाएको भन्दै सरकारसँग आपत्ति जनाउनु भयो ।

अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाउनुभएको थियो । उहाँले ठूरा राजनीतिक दलका शिर्ष नैताहरुले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आश गरेको बताउनु भयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com