इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम आजदेखि

इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम आजदेखि
Published on
Updated on

इजरायल र हमासबीच स्थानीय समय अनुसार आज विहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु हुँदैछ । इजरारायल र हमास बीच युद्ध विरामका लागि मध्यस्तता गरेको मुलुक कतारका अनुसार सम्झौता बमोजिम आजै अपरान्ह ४ बजे पहिलो चरणमा १३ जना बन्धकलाई हमासले मुक्त गर्नेछ ।

यसअघि युद्ध विराम अघिल्लै दिन शुरु हुने बताइएको थियो । तर हमासकै कारण युद्धविराम शुरु हुन ढिलाई भएको इजरायलले जनाएको छ । सम्झौता अनुसार पहिलो चरणमा हमासले गाजाबाट बन्धक बनाएका ५० जनालाई रिहा गर्ने र त्यसको बदलामा इजरायलले इजरायलको जेलमा रहेका १ सय ५० जना प्यालेस्टाइनी कैदीलाई रिहा गर्नेछ ।

सैन्य कारवाही गरिरहेको इजरायलले गाजाको अल-शिफा अस्पतालका निर्देशकलाई इजरायली अधिकारीले सोधपुछका लागि हिरासतमा राखेका छन् ।

अस्पताललाई हमासले सुरक्षित कमाण्ड सेन्टरका रुपमा प्रयोग गरिरहेको प्रमाण फेला पारेपछि त्यस विषयमा थप अनुसन्धान गर्ने भएको छ । हमासले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com