जयशंकरलाई भेट्न होटेलमै पूर्वप्रधानमन्त्रीहरुको लस्कर

जयशंकरलाई भेट्न होटेलमै पूर्वप्रधानमन्त्रीहरुको लस्कर

काठमाडौं । नेपाल भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले काठमाडौंको बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरे ।

पूर्वप्रधानमन्त्रीहरुसमेत जयशंकरलाई भेट्न लाम लागेर होटेल पुगेका थिए । सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत होटेलमै पुगेका थिए ।

त्यसैगरी एमाले अध्यक्ष केपी ओलीसँग पनि होटेलमै भेटवार्ता गरे । देउवा, ओली र नेपालसँग छुट्टाछुट्टै भेटेपछि उनीहरुका टोलीसँग पनि सामूहिक भेटेका जयशंकरले मधेस केन्द्रीय दलका नेताहरुसँग भने सामूहिक भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री जयशंकरले गठबन्धन दलका नेताहरुलाई विकास र राजनीतिक स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । गठबन्धनलाई निरन्तरता दिन दलहरु मिलेर जानुपर्ने उनको सुझाव थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com