आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने
RATNA SHRESTHA

काठमाडौं, ९ जेठ । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री धु्रबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

बजेटबारे मन्त्रिपरिषद्लाई ब्रिफिङ गर्दै अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले मन्त्रिपरिषद्का सदस्यहरूलाई बजेट निर्माणका सन्दर्भमा ब्रिफिङ गर्दैछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार(आज) बिहान ८:३० बजे बोलाइएको बैठकमा अर्थमन्त्री महतले ब्रिफिङ गर्न लागेका हुन् ।

ब्रिफिङ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ९:३० बजे शपथग्रहण समारोहका लागि शीतल निवास जानेछन् भने ११ बजे प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com