राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनमा सहमति खोज्नका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सो बैठक बस्न लागेको हो ।  बैठक बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको थियाे ।

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलका नेताहरु निरन्तर छलफलमामा रहेका छन । हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग प्रधानमन्त्री तथा गठबन्धनका नेताहरुले छलफल गरेर राष्ट्रियसभामा भागबन्डाका बारेमा सहमति खोज्ने प्रयास गरेका थिए । तर, त्यो अझै टुंगोमा पुग्न सकेको छैन ।

एमालेले पनि राष्ट्रियसभामा भागबन्डा खोजेको र त्यसमा लचक भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखे पछि गठबन्धन भित्र भने असन्तुष्टी बढेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com