रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

उहाँका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई समर्थनको विषयका साथै समसामयिक राजनीतिबारे छलफल हुनेछ भने संसदीय दलको बैठकमा दलको नेता चयनको विषयमा केन्द्रित हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com