
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न माघ १२ गते बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएकोे महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
बैठकमा अहिलेको परिस्थितीबारे छलफल हुने उहाँले बताउनुभयो । पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने बताईएको छ ।
कम्युनिष्ट एकिकरण बारेमा पनि छलफल गर्ने तथा सम्भव/असम्भव बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।