न्युनतम साझा कार्यक्रम तयार

'जनताले परिवर्तनको आभाष गर्नेगरी न्युनतम साझा कार्यक्रम बनेको छ'
 न्युनतम साझा कार्यक्रम तयार

काठमाडौं । न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ ।

आज शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनु भयो ।

उहाँले शनिवार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको दाबी गर्नुभयो ।

उहाँले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम तयार पारेको बताउनु भयो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जन्ता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ हुनुहुन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com