आम जनता पार्टीले तोक्यो मधेसका ८ जिल्लाको नेतृत्व

आम जनता पार्टीले तोक्यो मधेसका ८ जिल्लाको नेतृत्व

काठमाडौं । प्रभु साहको नेतृत्वमा हालै गठित आम जनता पार्टीले मधेस प्रदेशका ८ जिल्लाको नेतृत्व तोकेको छ। पार्टीका केन्द्रीय अध्यक्ष साहले आइतबार (आज) ८ वटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोक्नुभएको हो।

पर्सामा संयोजक, सचिव र इन्चार्जको जिम्मेवारी कदम रसुल, विश्वराज पटेल र बाबुराम कौशिकलाई जिम्मेवारी तोकिएको छ। त्यस्तै, बारामा ती तीन जिम्मेवारीमा क्रमशः उमेश कुशवाह, राजकिशोर साह र अशोक लामालाई तोकिएको छ। रौतहटमा क्रमशः धर्मेन्द्र पटेल, पलट चौधरी र त्रिभुवन साह अमरलाई तोकिएको छ।

सर्लाहीमामा तुल्सी प्रसाद हुमागाईं, नवीन साह र रिता देवीलाई तोकिएको छ। त्यसैगरी, महोत्तरीमा विजय साह, प्रमोद महतो र राधेश्याम साहलाई जिम्मेवारी दिइएको छ। धनुषामा श्रीलाल महासेठ, बलदेव साह र श्रीलाल महासेठलाई तोकिएको छ। सिरहामा उदय साह, धर्मेन्द्र महरा र बिल्टु यादवलाई जिम्मेवारी तोकिएको छ। सप्तरीमा शिवकुमार महरा, सुनिल राज दास र आरडी आजादलाई तोकिएको छ

मंसिर ४ को निर्वाचनमा रौतहट ३ बाट निर्वाचित भएका प्रभु साहले आफ्नै नेतृत्वमा गत बिहीबार आम जनता पार्टी गठन गर्नुभएको थियो । त्यसदिन ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति समेत गठन गरिएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com