लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन्।

पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता शर्मालाई सर्वसम्मत चयन गरेको हो।

संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो। तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com