मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनलाई गएको आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए ।

अहिले उनको अवस्था सुधारोन्मुख रहेको उनी अझै दुई दिन अस्पतालमै रहने सिंहले बताएका छन् । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com