विपक्षीबिनाको निर्वाचनपछि बङ्गलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त

विपक्षीबिनाको निर्वाचनपछि बङ्गलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त

ढाका । सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गर्नुभएको छ ।

कुनैबेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको अध्यक्षता गरेकी हुन् तर उनको सरकारमाथि ठूलो मात्रामा मानवअधिकार उल्लङ्न र असहमतिमाथि निर्मम कारवाहीको आरोप लगाइएको छ ।

“निर्वाचन स्वतन्त्र र निष्पक्ष थियो”, उनले आइतबार मतदान गरेपछि आफ्नो पहिलो टिप्पणीमा पत्रकारहरूसँग भनिन्। जम्मा ४१ दशमलव आठ प्रतिशत मात्र मतदान भएको आइतबारको निर्वाचनमा विपक्षीहरूको बहिष्कारपछि उनको पार्टीले तीन चौथाइ सिट हासिल गरेको छ ।

“कुनै पार्टीले निर्वाचनमा भाग लिएन भने त्यहाँ लोकतन्त्र छैन भन्ने होइन”, उनले भनिन, “आलोचना गर्न चाहनेले आलोचना गर्न सक्छ ।”

विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले आम हडतालको आह्वान गर्यो र अन्य दर्जनौँ दलले निर्वाचन बहिष्कार गरे । बिएनपीका वरिष्ठ नेता मोइन खानले सोमबार ढाकामा पत्रकारहरूसँग निर्वाचनलाई ‘नक्कली निर्वाचन’ भन्दै सरकार ‘अवैध’ रहेको बताए ।

निर्वाचन आयोगका सचिव मोनिरुज्जमान तालुकदारले हसिनाको पार्टीले आइतबारको निर्वाचनमा दुई सय २३ सिट जितेको बताए । यद्यपि अन्य सांसदको समर्थनमा तीन सय सिटको संसदमा उनको वास्तविक नियन्त्रण अझ बढी भएको विश्लेषकहरूले बताएका छन् ।

छयत्तर वर्षीया हसिनाले आइतबार मतदानपछि नागरिकहरूसँग लोकतान्त्रिक प्रक्रियामा विश्वास देखाउन आह्वान गर्दै बिनपीलाई ‘आतङ्कवादी सङ्गठन’ नाम दिइन ।

इलिनोइस स्टेट विश्वविद्यालयका अलि रिायजले एएफपीलाई भने, “यो एक दलीय संसद् हो, निर्वाचनमा अवामी लिगका सहयोगीहरूलाई मात्र भाग लिने अवसर प्राप्त भएको थियो ।”

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com