पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो ।

निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेकाे जनाइएकाे छ ।  

यसैगरी, पर्यटनमन्त्री सुदन किरातीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी नेपालगञ्जबाट भारतका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान पहल गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि लिएका छन् ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com