अमरेशकुमार सिंहद्वारा एनसेल खरिद बिक्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

अमरेशकुमार सिंहद्वारा एनसेल खरिद बिक्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । एनसेलको शङ्कास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध बोलिरहेका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन्।

सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको सिंहले जानकारी दिए।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com