पोर्चुगलका लागि राजदुतमा नेपालको नाम सनुवाइ समितिबाट अनुमोदन

पोर्चुगलका लागि राजदुतमा नेपालको नाम सनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस सनिल नेपालको नाम अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपालको नाम अनुमोदन गरेको हो ।

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा रहनु भएका उहाँले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसक्नु भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र स्नातकोत्तर गर्नु भएका नेपालले कानुन शास्त्रको समेत अध्ययान गर्नु भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com