बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित

बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

आजको प्रदेशसभा बैठकमा एक सय १० मध्ये एक सय आठ सदस्य उपस्थित रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसालेका थिए । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत परेको थियो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com