धोती दिवस मनाउन खोज्ने सिके राउतसहित पक्राउ

धोती दिवस मनाउन खोज्ने सिके राउतसहित पक्राउ

काठमाडौं । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।

`धोती दिवस मनाउँन माईतिघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ,` थुनामा रहेका साहले भने, यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।´मधेसी समुदायले अंग्रेजी नयाँ बर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com