मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो । 

ढुंगा प्रहार मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउँदै उनी सवार गाडीमा ढुंगा प्रहार गरेका हुन् । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com