बालकृष्ण खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

बालकृष्ण खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाणको हकमा टुङ्गो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।

तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार एकल इजलासले जसको राय ठिक भन्छ सोही बमोजिम हुनेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com