महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे

महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे

भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् । बुधबारसूर्यविनायक नगरपालिका–७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । 

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com