भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल तयारीमा

भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल तयारीमा

बाँके । जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पतालमा चिकित्सकसहितको टोली तयारीमा अवस्थामा राखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा घाइते भएका सिकिस्त बिरामीलाई नेपालगन्ज ल्याए चिकित्सकसहितको टोली तयारी अवस्थामा छ ।

यसको संयोजनका लागि नरेश श्रेष्ठलाई तोकिएको छ । उपचारका लागि आवश्यक परे ९८५११३४६६६ मा सम्पर्क गर्नसमेत भनिएको छ । शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।

जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेकाे छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com