
काठमाडौं। बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । उहाँले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित हुनुभएको हो ।
प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिनुभएको थियो । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभाका सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।
उक्त बैठकमा तीनैवटा दलका उम्मेदवारहरुको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो ।