विश्वप्रकाश शर्माको ठोकुवा : काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ

विश्वप्रकाश शर्माको ठोकुवा : काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण काँग्रेस सत्ता बाहिर पुगेको बताए ।

समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो ।

कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए । कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।

२०६४ मा कर्णालीका धेरै जिल्लाहरू आफू पैदल हिँडेर यात्रा गरेको बताउँदै उनले कर्णाली आफ्नै खुट्टामा उभिन सके मात्र समुन्नत देश निर्माण हुने बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com