गृहजिल्लामा योगेश भट्टराईलाई कालो झन्डा

गृहजिल्लामा योगेश भट्टराईलाई कालो झन्डा

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाइएको छ । आफ्नै निवासअगाडि एमाले सचिव भट्टराईलाई पहिचानवादी समूहका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । 

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै उनीहरु नाराबाजीसमेत गरे । पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरे । 

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com