नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पुर्णता

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पुर्णता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा भएको व्यवस्था अनुसfर आज चार सदस्यलाई मनोनित गरेपछि केन्द्रीय लेखा समितिले पूर्णता पाएको हो ।

सदस्यमा धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई मनोनित हुनुभएको छ । पार्टीले यसअघि नै केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरेको थियो ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com