जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

 जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । त्यसै गरी आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com