लोसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

लोसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताउनु भयो । उहाँले आजको बैठकमा संगठन बिस्तारको सन्दर्भमा यथाशिघ्र पार्टीको संगठन बिस्तारको कामलाई तिब्रता दिने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जुन कुरा छ, त्यस सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकाुरलाई दिएको छ । मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने कुरा थियो, त्यो पनि आजको बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय गरेको छ । संगठन बिस्तारको सन्दर्भमा यथाशिघ्र पार्टीको संगठन बिस्तारको कामलाई तिब्रता दिने कुरा भएको छ ।’

नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com